सूचना
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान – २०२५
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान – २०२५
“राप्ती नगरपालिका सबै प्रकारका लैंगिक हिंसा विरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै आएको छ। हिंसा कुनै पनि रूप, कोण वा बहानामा स्वीकार्य हुन सक्दैन। यस वर्षको १६ दिने अभियानले हामी सबैलाई हिंसाबाट बचेका व्यक्तिहरूको आवाज सुन्न, उनीहरूलाई साथ–सहयोग गर्न तथा हिंसा हुने वातावरणलाई जरा–मूलैदेखि अन्त्य गर्न प्रेरणा दिन्छ।
हामी ‘म हिंसा गर्दिन, सहन्न र खुलेर प्रतिकार गर्छु’ भन्ने मूलमन्त्रलाई व्यवहारमा उतार्दै— परिवार, विद्यालय, समुदाय र संस्थागत संरचनाहरूमा सुरक्षित, सम्मानजनक र समान अवसरयुक्त वातावरण निर्माण गर्न निरन्तर प्रतिबद्ध छौं।
आजबाट सुरु भएको हस्ताक्षर अभियान केवल एउटा औपचारिकता होइन, यसले प्रत्येक नागरिकको साझा प्रतिवद्धता, जिम्मेवारी र चेतनाको प्रतिनिधित्व गर्दछ। प्रविधिको सही र जिम्मेवार प्रयोग, बालबालिका र महिलाको सुरक्षा, न्यायिक पहुँचको सुनिश्चितता, तथा जनचेतनामूलक कार्यक्रमहरू मार्फत हामी हिंसा रोकथामको अभियानलाई अझ प्रभावकारी बनाउँदै जानेछौं।
राप्ती नगरपालिका सबै नागरिकलाई—
“हिंसामुक्त समाज निर्माणका लागि एकजुट होऔँ। सम्मान, समानता र मानवअधिकारलाई व्यवहारमा उतारौँ।”
भनेर आह्वान गर्दछ।”
— शमशेर लामा
नगर प्रमुख, राप्ती नगरपालिका
