FAQs Complain Problems

सूचना तथा समाचार

२०७५ सालको सम्पत्तिकर कसरी बुझाउने?

  1. सर्वप्रथम पुर्जा धनिको परिचय पत्र (नागरिकता), लालपुर्जा को फोटोकपी, घर नक्सा पास गरिएको भए सो को फोटोकपी र अघिल्लोपटक कर बुझाएक रसिद लिएर आफ्नो वडा कार्यालय जाने।
  2. वडा कार्यालयबाट सम्पत्ती कर बुझाउन फारम माग गर्ने(निशुल्क) ।
  3. फारममा भर्नुपर्ने बिबरण भरी वडा अध्यक्षको सहि छाप लगाइ राप्ती नगरपालिका कार्यापालिकाको कार्यालय राजश्व शाखामा गइ फारम बुझाउने ।
  4. फारम विवरण कम्प्युटर इन्ट्रि पश्चात  सम्पत्ति मुल्याङ्कन बाट आउने रकम भुक्तानी गरी कम्प्युटर बिल लिने।
  5. थप जानकारीका लागि कम्प्युटर 9855035036 र 9865036874 नम्बरमा सोझै सम्पर्क गर्न सकिन्छ।