सूचना
चितवन जिल्ला अदालतको निरीक्षण टोलीद्वारा आज न्यायीक समितिको कार्यहरूको निरीक्षण ।
न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली , २०७५ को नियम ९४ बमोजिम चितवन जिल्ला अदालत बाट माननीय जिल्ला न्यायाधीश श्रीमान ध्रुव कुमार ढकाल ज्यु, शाखा अधिकृत श्री भानुभक्त पौडेल, ना.सु. श्री सन्त बहादुर कुमाल सहितको निरीक्षण टोलिद्वारा आज यस राप्ती नगरपालिका न्यायीक समितिको कार्यालयबाट सम्पादन भइ आएका न्याय निरुपण सम्बन्धी कार्यहरूको निरीक्षण गर्नुभएको छ। सोही क्रममा महत्वपूर्ण सल्लाह, सुझाव , हौसला साथै सकारात्मक उर्जा प्रदान गर्नुहुने माननीय ज्यूको सम्पुर्ण टिम प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
- राप्ती नगरपालिका
नगरकार्यापालिकाको कार्यालय
न्यायीक समिति परिवार ।