संक्षिप्त परिचय

२०७२ असोज, स्थानीय निकायको रुपमा राप्ती नगरपालिकाको स्थापना भएको हो। साविक भण्डारा, पिप्ले र वीरेन्द्रनगर गा.वि.स. मिलेर बनेको यो नगरपालिका साविक कोराक र लोथर गा.वि.स. समेत गाभिदै मिति २०७३।११।२७ गतेबाट राप्ती नगरपालिका स्थानीय सरकार हुन पुगेको छ । करिव ६० हजार जनसंख्या रहेको यस नगरपालिका १३ वडामा विभाजित छ । २१२.३१ वर्ग कि.मी. क्षेत्रफल रहेको छ भने १०, ११, १२ र १३ नं. वडा पहाडी भूभाग हुन भने बाकी वडाहरु समथर भागमा छन । समथर भू-भाग कृषिको उर्वर भूमि हो भने पहाडी भाग जडीबुटी र वन सम्पदाको क्षेत्र पानि मुलको भण्डार हो । सामुदायिक विद्यालय ५४ र संस्थागत विद्यालय १० वटा छन क्याम्पस २ रहेको र जसबाट शिक्षाको ज्योति फैलाउन हामी सबै जुटेका छौ विद्यालयहरुको भौतिक सुधार वाह्य वातावरणमा सुधार गरिए पनि शैक्षिक गुणस्तर वृद्धि गर्नु हाम्रो चुनौती रहेको छ । नगर भित्र रहेका ५ वटा स्वास्थ्य चौकीबाट विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन भइ रहेका र जन स्वास्थ्यमा सुधार र सामान्य उपचार DOTS Program, प्रशुती, महिला परिक्षण लगायत राज्यबाट प्रदान गरिएको निशुल्क औषधी उपचार कार्यक्रम निरन्तर रुपमा संचालन भइ रहेको छ । गुणस्तरीय स्वास्थ्य उपचारको लागि भौतिक साधन श्रोत जुटाउन प्रयास निरन्तर रहेको छ । पूर्व पश्चिम लोकमार्ग यस नगरपालिकाको ८ वटा वडालाई छोएर जाने गर्दछ यो राष्ट्रिय राजमार्गको सहज पहुचबाट हामीलाई देशको राजधानी लगायत मूलुकमा विभिन्न स्थानमा पुग्न सहज र सरल छ । मित्र राष्ट्र चिन तर्फ केरुङ सम्म र भारतको रक्सौल सम्म पुग्न सकिन्छ तथापी नगरपालिका मित्रका कान्दा स्यामराङ, वाक्राङ तथा १०, ११, १२ र १३ नं. वडाका कतिपय भागमा यातायातको पहुच छैन ।