FAQs Complain Problems

योजनाको खर्च फर्छ्यौट गर्दा आवश्यक प्रक्रियाहरु के के छन?

  • आम्दानी खर्च तालिका सहित निर्माण समितिले अनुमोदन गरि सार्वजनिक गरेको निर्णय ।
  • आम्दानी खर्चलाई समर्थन गरि भुक्तानीको लागि राप्ती नगरपालिकालाई अनुरोध गरेको निर्णय ।
  • योजनामा भएको मुख्य खर्चको विल वडा अध्यक्ष ज्यूले दस्तखत सहितको भरपाइ डोरहाजिर फारम आदी ।
  • योजनाको निर्माण कार्य भैरहेको र सम्पन्न पश्चातको फोटो ।
  • रकम भुक्तानीको लागि वडाको सिफारिस पत्र ।
  • ५ लाख वा सो भन्दा बढी रकमको योजनामा सार्वजनिक सुनुवाइको उपस्थिति फोटो तथा विवरण।
  • सर्वसाधरण सवैलाई योजनाको विषय जानकारी गराउने उदेश्यले सवै योजनाको निर्माण सम्बन्धी लागत इष्टिमेट, समिति, अवधी आदी विषयको बोर्ड अनिवार्य रहेकोले सो को प्रमाण।
  • राप्ती नगरपालका कार्यालयले तयार गरेको योजना अनुगमन समितीको प्रतिवेदन फारम ।
  • प्रत्येक योजनाको निर्माण सम्पन्न पश्चात नगरपालिकामा पेश गर्ने, फोटोमा अनिवार्य रुपमा वडाको जनप्रतिनिधि समेतको उपस्थिति रहेको फोटो ।
  • अनुसूची-१२ कार्यविधि दफा २५ को उपदफा १४ सँग सम्बन्धित खर्च सार्वजनिक सुचना फारम ।
  • अनुसूचि ३३ कार्यविधिको दफा ४२(३) सँग सम्बन्धित सार्वजनिक परिक्षणका लागि उपभोक्ता समिति/सामुदायिक संस्थाले तयार गर्ने विवरणको ढाँचा ।