FAQs Complain Problems

प्रजातन्त्र दिवसको शुभकामना सन्देश!

शुभकामना सन्देश!

देशलाई लामो समयसम्म निरङ्कुश, जहाँनिया, तानाशाही र एकतान्त्री शासन ब्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन ब्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवसको अवसरमा म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको सुख, शान्ति र समृद्धिको कामना गर्दछु । यस अवसरमा सम्पूर्ण ज्ञात अज्ञाप सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । १०४ वर्ष जहाँनिया निरकुश राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफनो ज्यान आहुती दिने सम्पूर्ण सहिदहश्रप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

२००७ सालको क्रान्तिको प्रतिफल स्वरुप प्राप्त प्रजातन्त्रलाई सस्थागत गर्नका लागी सोही समय देखी संविधान सभाबाट संविधान निर्माण गर्न नेपाली जनताको चाहाना २०७२ मा आएर पूरा भएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी  भएसँगै लामो राजनितिक सङ्क्रमणकाल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक समाजिक रुपान्तरण सहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यसाथ गठन भएको स्थानिय सरकारले विकास र समृद्धि ल्याउन दृढ रहेको विश्वास दिलाउन चाहन्छु । “समृद्ध नेपाल, सुखि नेपाली” लक्ष्य लाई साकार पार्न समावेशी लोकतन्त्रमा जोड दिनुपर्ने आवश्यकता रहेको छ ।  स्थानिय सरकारलाई काम गर्नका लागि विभिन्न समस्याहरु रहेता पनि चुनौतीहरुको व्यवस्थापन गर्दै समृद्ध राप्ती नगर निर्माणका लागी स्थानिय सरकार अगाडि बढिरहेको छ । यसका लागी सम्पूर्ण राजनैतिकि दल, बुद्धिजिवि, कर्मचारी , पत्रकार साथिहरु त्था आम जनसमुदायको साथ सहयोग रहने विश्वास लिगेको छु ।

प्रजातन्त्रको लाभ आम नागरिकले प्राप्त गर्न सक्ने वाताबरण श्रृजना गर्दै प्रजातन्त्रलाई थप दरिलो,जनमुखी एव समावेशी गराउन सबैले आफनो ठाँउबाट योगदान गर्न र  सहिदका अधुरा सपनाहरु पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आव्हान गर्दै प्रजातन्त्र दिवस २०७५ को अवसरमा सम्पूर्ण नगर बासी जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।

 

७ फागुन २०७५

प्रमुख                        

प्रभा बराल पौडेल